एनआईसी एशियाका ग्राहकलाई स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा उपचार गर्दा छुट हुने

काठमाडौं : एनआईसी एशिया बैंकका ग्राहकले अब धनगढी, कैलालीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा स्वास्थ्य उपचार गर्दा १५ प्रतिशतसम्म छुट सुविधा पाउने भएका छन्।
यस सम्बन्धी समझदारीपत्रमा बैंक र हस्पिटलबीच हस्ताक्षर भएको हो। सम्झौताअनुसार एनआईसी एशिया बैंकका ग्राहकले उक्त हस्पिटलमा उपचार गरी डिजिटल भुक्तानी (डेबिट, क्रेडिट, प्रिपेड कार्ड वा मोबाइल बैंकिङ एपमार्फत) गर्दा विशेष छुट पाउनेछन्।
हस्पिटलमा मुटु रोग, मिर्गौला रोग, छाला रोग, स्त्रीरोग, बालरोग, न्युरोलोजी, अर्थोपेडिक्स, कान-नाक-घाँटी, आँखा, दन्त, जनरल मेडिसिनलगायतका सेवा लिँदा छुट सुविधा उपलब्ध हुनेछ।
बैंकले यो सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा आर्थिक सहजता दिने मात्र नभई मुलुकमा डिजिटल भुक्तानी प्रवर्द्धन र नगदरहित कारोबार संस्कृतिलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेको छ।
भदौ १९, २०८२ बिहीबार १५:३८:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।