यी हुन नेपालमा दर्ता भएका पाँच सामाजिक सञ्जाल

काठमाडौं : सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुन नआउने सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ।
आज बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल आजदेखि नै बन्द गरिने सरकारको निर्णय छ। बैठकमा मन्त्रालयका अधिकारी, टेलिकम प्रकाधिकरणका अधिकारीलगायतको उपस्थिती रहेको थियो।
सरकारले नियमनमा आउनका लागि फेसबुकलगायतका सामाजिक सञ्जाललाई एक साताको समयसीमा गएराती सकिएको थियो।
नेपालमा हालसम्म पाँच सामाजिक सञ्जाल सूचीकृत भएका छन्। यी पाँच सञ्जाल भने निरन्तर चल्नेछन्। जसमा टिकटक, भाइबर, निम्बज, वीटक, ओपोलाइभ रहेका छन्।
भदौ १९, २०८२ बिहीबार १५:२५:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।