दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्दै सरकार

काठमाडौं : सरकारले नेपालमा दर्ता नगरेका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ।
फेसबुकलगायतका सामाजिक सञ्जाल नेपालमा सम्पर्कमा नआएर दर्ता नभएकाले सरकारले यस्तो कदम चालेको हो। यसअघि सर्वोच्च अदालतले सामाजिक सञ्जाललाई अनिवार्य दर्ता र नियमन गर्न परमादेश दिएको थियो।
सञ्चार मन्त्रालयमार्फत सो निर्णय कार्यान्वयनमा लैजाने जिम्मेवारी लिइएको संचार मन्त्री पृथ्वीसुब्बा गुरूङको सचिवालयले जानकारी दिएको छ।
हाल नेपालमा भाइबर र टिकटक भने दर्ता भइसकेका छन्।
भदौ १९, २०८२ बिहीबार १४:५७:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।