नवनियुक्त आईजीपी खापुङलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं : नेपाल प्रहरीको नव नियुक्त महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
बिहीबार बिहान गृह मन्त्रालयमा आयोजित एक समारोहमा गृहसचिव गोकर्णमणि दुवाडीले खापुङलाई दज्र्यानी चिह्न लगाइदिएका हुन्।
दर्ज्याहीचिह्न ग्रहणपछि आईजीपी खापुङले गृह मन्त्रालयले सुम्पिएको जिम्मेवारी निष्ठा, पेशागत अनुशासन र पारदर्शिता भावकासाथ प्रभावकारी रुपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले भने, ‘नेपाल सरकार, गृह मन्त्रालयले मलाई सुम्पिएको यो जिम्मेवारी मेरो निष्ठा, पेशागत अनुशासन, पारदर्शिता भावका साथ प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त चाहन्छु।’
उनले प्रहरी जस्तो प्रवित्र सेवालाई आफ्नो स्वेच्छाले रोजेर प्रारम्भ गरेको आफ्नो तीन दशक लामो संघर्षको स्मरण समेत गरे।
उनले आजै प्रहरी प्रधान कार्यालय नक्सालमा गएर कार्यभार सम्हालेका छन्। सरकारले यही भदौ १३ गते खापुङलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षकमा नियुक्त गरेको थियो।
निवर्तमान प्रहरी महानिरीक्षक दीपक थापा हिजोदेखि नै अनिवार्य अवकाशमा गएका छन्।
भदौ १९, २०८२ बिहीबार १३:००:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।