नेपालमा दर्ता नभएको फेसबुकमै पोस्ट लेख्दै प्रधानमन्त्रीका सल्लाहकारलेभने- ‘सामाजिक सञ्जाल निष्क्रिय हुँदैछन्’

नेपालमा दर्ता नभएको फेसबुकमै पोस्ट लेख्दै प्रधानमन्त्रीका सल्लाहकारलेभने- ‘सामाजिक सञ्जाल निष्क्रिय हुँदैछन्’

काठमाडौं : प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले सर्वोच्च अदालतको आदेशबमोजिम नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय हुने क्रममा रहेको बताएका छन्।

सर्वोच्च अदालतको आदेशको स्मरण गराउँदै दिएको यो जानकारी नेपालमा दर्ता नभएको सामाजिक सञ्जाल फेसबुकमा लेखेका हुन्।

अदालतले नेपालभित्र सम्पर्क विन्दु, स्वनियमन प्रणाली र आवासीय गुनासो सुन्ने अधिकारी तोकेर कम्पनी दर्ता नगरेसम्म त्यस्ता प्लेटफर्ममा रोक लगाउन आदेश दिएको थियो।

उनले सामाजिक सञ्जालको दुरुपयोग बढेका कारण अदालतले यस्तो आदेश दिएको हुनसक्ने संकेत गरेका छन्।

‘सायद, केही अवाञ्छित तत्त्वका असामाजिक भूमिका र केही गैरजिम्मेवार व्यक्तिका कामको कारण सम्मानित सर्वोच्च अदालतले यस्तो आदेश दिएको छ,’ रिमालले फेसबुकमा लेखेका छन्, ‘सम्भवतः दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरू निष्क्रिय हुँदैछन्।’

मुख्य सल्लाहकार रिमालले यस्ता प्लेटफर्महरू छिटोभन्दा छिटो नेपालमा दर्ता भई पुनः सञ्चालनमा आउने वातावरण बन्ने अपेक्षा पनि व्यक्त गरेका छन्।

उनले लेखेका छन्, ‘लतकै रूपमा हाम्रो जीवनमा जोडिएका यी सञ्जाल र प्लेटफर्म चाँडोभन्दा चाँडो सूचिकृत होउन् र हामीले शीघ्र यसको प्रयोग गर्ने वातावरण बनोस्।’

भदौ १९, २०८२ बिहीबार १२:००:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।