लेमिनार टायल्सको नयाँ शोरूम कलंकीमा, देशभर १०० शोरूम खोल्ने लक्ष्य

लेमिनार टायल्सको नयाँ शोरूम कलंकीमा, देशभर १०० शोरूम खोल्ने लक्ष्य

काठमाडौं : नेपालको एकमात्र भिट्रिफाइड टायल्स उत्पादक लेमिनार टायल्सले काठमाडौंको कलंकीमा आफ्नो नयाँ ‘एम्पोरियो’ श्रेणीको डिलर शोरूम सञ्चालनमा ल्याएको छ।

कम्पनीले कलंकीस्थित टन्केश्वर टाइल एण्ड मार्बल हाउस प्रा.लि.लाई आधिकारिक डिलर नियुक्त गरी उक्त शोरूम उद्घाटन गरेको हो।

बुधबार आयोजित एक कार्यक्रममा टन्केश्वरका सञ्चालक प्रज्ज्वल अधिकारी तथा लेमिनार टायल्सका निर्देशकद्वय अभिनभ चुरिवाल र आशुतोष खेतानले संयुक्त रूपमा शोरूमको उद्घाटन गरे।

कार्यक्रममा बोल्दै निर्देशक चुरिवालले लेमिनार टायल्सले देशभर १०० भन्दा बढी विशेष शोरूम स्थापना गर्ने लक्ष्य राखेको बताए। उनले ग्राहकहरूलाई नेपाली उत्पादनमा उच्च गुणस्तरको अनुभव प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको जानकारी दिए।

त्यसैगरी, अर्का निर्देशक खेतानले लेमिनारका भिट्रिफाइड टायल्स अन्य टायल्सभन्दा बढी बलियो, टिकाउ र भारवहन क्षमतायुक्त रहेको दाबी गरे।

‘हाम्रा टायल्सहरू पूर्ण भिट्रिफाइड भएकाले ९९.९२ प्रतिशतसम्म वाटरप्रुफ छन् र उच्च गुणस्तरीय कच्चा पदार्थका कारण अन्य सेरामिक टायल्सभन्दा चार गुणा बढी टिकाउ छन्’, उनले भने।

बर्दियाको गुलरियामा १२.५ बिघा क्षेत्रफलमा फैलिएको अत्याधुनिक युरोपेली प्रविधियुक्त कारखानामा लेमिनार टायल्स उत्पादन हुन्छ। कम्पनीले हाल ५०० भन्दा बढी आकर्षक डिजाइनमा पाँच फरक आकारका टायल्स बजारमा उपलब्ध गराउँदै आएको छ।

भदौ १९, २०८२ बिहीबार ११:३८:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।