बन्दुक देखाएर टिकटक बनाउँदा साङपो पक्राउ

बन्दुक देखाएर टिकटक बनाउँदा साङपो पक्राउ

काठमाडौँ : बन्दुक देखाउँदै टिकटक बनाएको आरोपमा एक जना पक्राउ परेका छन्। प्रहरीले सामाजिक सञ्जाल टिकटमा हतियार देखाएर टिकटक बनाएको आरोपमा अनुसन्धानका लागि २१ वर्षीय साङ्पो ठकुरीलाई पक्राउ गरेको हो।

मुस्ताङको मुक्तिनाथ क्षेत्र गाउँपालिका वडा नम्बर वडा नम्बर १ का उनी काठमाडौँको स्वयम्भूमा बस्दै आएका थिए। उनले आफ्नो टिकटक अकाउन्टमा पेस्तोलसहितको टिकटक बनाएपछि प्रहरीले खोज्दा ठमेलको एक होटेलमा फेला पारेपछि पक्राउ गरेको हो। प्रहरीले ठकुरीलाई काठमाडौं जिल्ला अदालतमा पेस गरेर अनुसन्धानका लागि पाँच दिनको म्याद लिएको छ।

भदौ १८, २०८२ बुधबार १९:५५:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।