कोरोना संक्रमणबाट नेपालमा तीन जनाको मृत्यु

काठमाडौं : पछिल्लो नौ महिनाका कोरोना संक्रमणबाट नेपाल तीन जनाको मृत्यु भएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो नौ महिनामा कोरोना संक्रमणबाट देशभर तीन जनाको मृत्यु भएको हो।
यस अवधिमा देशभर ४७१ जनामा संक्रमण पुष्टि भएको महाशाखाले जारी गरेको तथ्यांकमा उल्लेख छ। जसमा पछिल्लो सात दिनमा ११ जनामा संक्रमण देखिएको भनिएको छ।
११ जनामध्ये छ जना लुम्बिनी प्रदेशमा, चार जना बागमतीमा र एक जना कर्णाली प्रदेशमा रहेको विवरणमा उल्लेख छ।
सन् २०१९ को अन्त्यतिर चीनको वुहानमा देखिएको कोरोना भाइरसको संक्रमणले सन् २०२० र २०२१ मा नेपालमा अत्याधिक असर गरेको थियो।
त्यो बेलादेखि अहिलेसम्म नेपालमा १२ हजार ३१ जनाले कोरोना भाइरसको संक्रमणकै कारण ज्यान गुमाइसकेका छन्।
अहिलेसम्म १० लाख तीन हजार चार सय ५० जना संक्रमित भएकोमा नौ लाख ९१ हजार भन्दा बढी संक्रमणमुक्त भएको वर्ल्डमिटरको तथ्यांकमा उल्लेख छ।
भदौ १८, २०८२ बुधबार १२:४३:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।