एलएस अटोको ‘फेस्टिभ अफर’ : आठ लाखसम्मको लाभ र विदेश भ्रमण

काठमाडौं : एलएस अटोको आधिकारिक वितरक ब्लू कर्पोरेशनले दशैं-तिहारलाई लक्षित गरी ‘फेस्टिभ अफर’ सार्वजनिक गरेको छ।
यस अफर अन्तर्गत 'एलईभी-०१' गाडीको खरिदमा ग्राहकले कुल ८ लाख रुपैयाँसम्मको लाभ प्राप्त गर्न सक्नेछन्।
कम्पनीका महाप्रबन्धक नविन फुयाँलका अनुसार ग्राहकले २० प्रतिशत डाउन पेमेन्टमै गाडी खरिद गर्न सक्नेछन्। साथै, गाडी खरिद गर्ने एक जोडीले ५ रात ६ दिनको सिङ्गापुर र मलेसियाको निःशुल्क भ्रमण अवसर पाउनेछन्।
अफरमा १ लाख रुपैयाँ नगद छुट, १ लाख रुपैयाँ एक्सचेन्ज बोनस, निःशुल्क बीमा र १० किलो क्षमताको वासिङ मेसिन समावेश छ।
६७.१२ किलोवाट-आवर ब्याट्री क्षमताको ‘एलईभी-०१’ले एक पटकको फुल चार्जमा ५०० किलोमिटरभन्दा बढी रेन्ज दिन्छ भने यसको ग्राउन्ड क्लियरेन्स २१० एमएम रहेको छ।
यो योजना सीमित अवधिका लागि मात्र भएकाले इच्छुक ग्राहकलाई नजिकको शोरुममा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ।
भदौ १८, २०८२ बुधबार १२:१५:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।