दुई हजारले बढ्यो सुनको मूल्य

काठमाडौं : नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ।
आज सुन तोलामा दुई हजारले बढेर दुई लाख ७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार सुन तोलामा दुई लाख ५ हजार नौ सय रुपैयाँमा कायम भएको थियो।
यस्तै, चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर २ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
मंगलबार २ हजार ४८५ रुपैयाँमा कायम भएको थियो।
भदौ १८, २०८२ बुधबार ११:१३:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।