'हुक्का चिलिमले' लगायत पाँच हजार गीत गाएकी गायिका इन्दिराको मृत्यु

'हुक्का चिलिमले' लगायत पाँच हजार गीत गाएकी गायिका इन्दिराको मृत्यु

काठमाडौँ : काँठे भाका र तामाङसेलो लगायत गरेर पाँच हजार बढी लोकगीत गाएकी गायिका इन्दिरा गोलेको क्यान्सरका कारण मृत्यु भएको छ। घुम्तीनिर भेट भयो, चाँगुनारायण थान, जाइफुलको वासना लगायतका चर्चित बोलको गीतहरू गायकी उनको बुधवार आफू बस्दै आएको अपार्टमेन्टमा मृत्यु भएको हो।

पछिल्लो समय उनमा क्यान्सर देखिएपछि २ वर्षदेखि उपचाररत रहेको उनको पारिवारिक सदस्यले जानकारी दिएका छन्। ललितपुर हात्तीबनमा रहेको अपार्टमेन्टमा बस्दै आएकी उनको बुधवार बिहान २ बजे मृत्यु भएको हो। 

ललितपुरको भर्देउमा जन्मिएकी उनले एको थियो। उनले तामाङ सेलो र अन्य लोकगीतहरूमार्फत तामाङ संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेकी थिइन्। उनी एक वर्ष अगाडिसम्म गायन क्षेत्रमा सक्रिय थिइन्। उनले एक वर्ष अगाडि सिन्धुपाल्चोक थकानी गाउँ बोलको गीत गाएकी थिइन्।

नवराज घोराइसाइनेसँग उनले गाएका अधिकांश लोकगीत चर्चित छन्। उनले घोराइसाइनेसँग 'गेटमा ताला बन्द', 'हुक्का चिलिमले', लगायत अन्यसँग गाएको 'आज मलाई झझल्को आइराछ', लगायतका चर्चित गीत गाएकी थिइन्।

 

भदौ १८, २०८२ बुधबार १०:४२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।