नेपाल एसबिआई बैंक तीन अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

काठमाडौं : नेपाल एसबिआई बैंक लिमिटेडले इन्डियन चेम्बर अफ कमर्सद्वारा प्रदान गरिने तीन प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ।
भारतको नयाँ दिल्लीमा आयोजित ‘तेस्रो इमर्जिङ एसिया बैंकिङ अवार्ड’ समारोहमा बैंकलाई ‘बेस्ट पर्फर्मेन्स अन रिस्क म्यानेजमेन्ट’, ‘बेस्ट बैंक’ र ‘बेस्ट पर्फर्मेन्स अन एसेट्स क्वालिटी’ विधामा सम्मान गरिएको हो।
बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) राम कुमार तिवारीले उक्त पुरस्कारहरू ग्रहण गरेका थिए।
यी पुरस्कारले बैंकको जोखिम व्यवस्थापन, सञ्चालनमा उत्कृष्टता र सम्पत्तिको गुणस्तर कायम राख्ने प्रतिबद्धतालाई मान्यता दिएको बैंकले जनाएको छ।
विगत ३२ वर्षदेखि सेवा प्रदान गर्दै आएको नेपाल एसबिआई बैंकले हाल देशभर १०१ शाखा, २२ एक्सटेन्सन काउन्टर, २० शाखारहित बैंकिङ तथा १२५ एटिएममार्फत सेवा दिँदै आएको छ।
भदौ १८, २०८२ बुधबार १०:३६:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।