एनएमबि बैंकद्वारा लालबन्दीको विद्यालयलाई शैक्षिक सामग्री सहयोग

एनएमबि बैंकद्वारा लालबन्दीको विद्यालयलाई शैक्षिक सामग्री सहयोग

लालबन्दी : एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सर्लाहीको लालबन्दी-५ स्थित श्री अमर जैन विद्यालयका विद्यार्थीहरूलाई स्कुल ब्याग र वाटर डिस्पेन्सर सहयोग गरेको छ।

बैंकले विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार तथा सहजताका लागि उक्त सामग्री हस्तान्तरण गरेको जनाएको छ। कार्यक्रममा बोल्दै लालबन्दी-५ का वडाध्यक्ष रामप्रसाद ढुंगेलले बैंकको यस कार्यले विद्यार्थीलाई प्रोत्साहन मिल्नुका साथै समाजमा सकारात्मक सन्देश जाने बताए।

त्यसैगरी, बैंकका मधेश प्रदेश प्रमुख दीपेन्द्र कुमार मिश्र र लालबन्दी शाखा प्रबन्धक अरुण आचार्यले बैंकले सामाजिक हितका कार्यहरूलाई भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

भदौ १८, २०८२ बुधबार १०:३२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।