२४ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा सुर्खेतबाट एक युवक पक्राउ

सुर्खेत : २४ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्खेतबाट एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भेरीगंगा नगरपालिका-१२ निवासी २८ वर्षीय कमल रेग्मी रहेका छन्।
पीडित महिलाले दिएको किटानी जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले रेग्मीलाई मंगलबार बिहान पक्राउ गरेको हो।
पक्राउ परेका रेग्मीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
भदौ १८, २०८२ बुधबार ०९:४५:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।