शाओमीले नेपालमा सार्वजनिक गर्‍यो रेड्मी-१५ र रेड्मी-१५ सी

शाओमीले नेपालमा सार्वजनिक गर्‍यो रेड्मी-१५ र रेड्मी-१५ सी

काठमाडौं : ग्लोबल टेक्नोलोजी कम्पनी शाओमीले आफ्नो रेड्मी श्रृंखलामा नयाँ स्मार्टफोन रेड्मी १५ र रेड्मी १५ सी सार्वजनिक गरेको छ। यी दुवै मोडलले आधुनिक डिजाइन, उत्कृष्ट प्रदर्शन र स्मार्ट फिचरसहित प्रयोगकर्तालाई प्रिमियम अनुभव प्रदान गर्ने दाबी गरेको छ।

रेड्मी १५ ठूलो ७०००mAh ब्याट्रीसहित आएको छ, जसले दुई दिनसम्म सामान्य प्रयोगमा टिकाउ सुनिश्चित गर्ने कम्पनीको दाबी छ। फोनमा ३३ वाट फास्ट चार्जिङ र १८ वाट रिभर्स चार्जिङ सुविधा पनि उपलब्ध छ। जसले आपतकालमा यसलाई पावर बैंकको रूपमा प्रयोग गर्न सकिन्छ।

फोनमा ६.९ इन्चको FHD+ डिस्प्ले र १४४Hz रिफ्रेस रेट रहेको छ। TÜV Rheinland ट्रिपल आइ–केयर प्रमाणपत्रले आँखामा कम थकान पुर्याउँछ भने क्वाड–कर्भ डिजाइनले सम्हाल्न सजिलो बनाउँछ। IP64 संरक्षणले दैनिक छिटपुट पानी र धुलोबाट सुरक्षा दिन्छ।

फोटोग्राफीका लागि यसमा ५०MP AI डुअल क्यामरा र ८MP फ्रन्ट क्यामरा उपलब्ध छ। Snapdragon® 685 प्रोसेसर, HyperOS 2 र Google Gemini द्वारा सञ्चालित यस फोनले गेमिङदेखि मल्टिटास्किङसम्म सहज अनुभव दिन्छ। स्टोरेज विस्तार २ TB सम्म सम्भव छ।

Redmi 15C ७.९९mm स्लिम डिजाइनमा आएको छ। ६,०००mAh ब्याट्रीसहित, यसले दिनभर प्रयोग सहज बनाउँछ। यसमा ३३W फास्ट चार्जिङ र १०W रिभर्स चार्जिङ सुविधा पनि छ।

फोनमा ६.९ इन्च HD+ डिस्प्ले, १२०Hz रिफ्रेस रेट, MediaTek Helio G81-Ultra प्रोसेसर, ५०MP AI डुअल क्यामरा र ८MP फ्रन्ट क्यामरा रहेका छन्। स्टोरेज विस्तार १ TB सम्म सम्भव छ। IP64 संरक्षण र HyperOS 2 संगै Google AI फिचरहरू पनि उपलब्ध छन्।

भदौ १७, २०८२ मंगलबार १९:१३:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।