
बुधबार १८ भदौ, २०८२
नेपाल टेलिकमको सीआरबीटी सेवा अवरुद्ध

काठमाडौं : नेपाल टेलिकमको ‘कलर रिङब्याक टोन’ (सीआरबीटी) सेवा अवरुद्ध भएको छ।
प्राविधिक समस्या उत्पन्न भएकाले अर्को सूचना नआएसम्मका लागि सेवा अवरुद्ध रहने टेलिकमले जनाएको छ।
यथाशीघ्र समस्या समाधानका लागि प्रयास भइरहेको छ भन्दै टेलिकमले यसबाट ग्राहकमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ।
भदौ १७, २०८२ मंगलबार १८:५८:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।