
‘कजारियासँगै गृहप्रवेश, घुमौँ देश-विदेश’ योजना सार्वजनिक

काठमाडौं : कजारिया टायल्सले आज नयाँ उपभोक्ता योजना ‘कजारिया संगै गृह प्रवेश, घुमौं देश-विदेश’ सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत ग्राहकहरूले दैनिक लक्की ड्र मार्फत boAt स्मार्टवाच जित्ने मौका पाउनेछन् भने भाग्यमानी जोडीहरूलाई सम्पूर्ण खर्च सहितको सिंगापुर क्रुज भ्रमण बम्पर पुरस्कार स्वरूप प्रदान गरिनेछ।
कजारिया टायल्सले घर सजावट र पुनर्निर्माणलाई अझ रोमाञ्चक र अर्थपूर्ण बनाउन यस योजना ल्याएको दाबी गरेको छ। आधिकारिक डिलरबाट कम्तीमा १,००० वर्गफिट कजारिया टायल्स खरिद गरेपछि ग्राहकहरूले कार्यक्रममा सहभागिता जनाउन सक्नेछन्। १,००० वर्गफिट भन्दा बढी टायल्स खरिद गर्ने ग्राहकहरूले दैनिक लक्की ड्रमा आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्।
यो योजना भदौ १५ देखि कात्तिक १५ सम्म लागू हुनेछ र यस अवधिमा गरिएको सबै खरिद सहभागीको आधार हुनेछ।
कजारिया रामेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले भने, ‘दशकौँ देखि कजारियाले गुणस्तर र विश्वासको उदाहरण प्रस्तुत गर्दै आएको छ। यो उपभोक्तायोजना हाम्रो ग्राहकहरूको अटल विश्वासप्रति धन्यवाद व्यक्त गर्ने माध्यम हो र उत्कृष्ट अनुभवप्रति हाम्रो प्रतिबद्धता झल्काउँछ।’
उनले भने, ‘यस चाडपर्वको अवसरमा कजारिया टायल्स डिलरमा पुग्नुहोस्, आकर्षक कलेक्शनबाट रोज्नुहोस् र स्क्यान गरेर पुरस्कार जित्नुहोस् – आफ्नो घरसँगै आफ्नो भाग्य पनि रूपान्तरण गर्नुहोस्।’
कजारिया रामेश टायल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट स्थापना गरी नेपालको टायल उद्योगमा नयाँ मापदण्ड स्थापना गरेको छ। अत्याधुनिक प्रविधिद्वारा उत्पादन गरिएका कजारियाका टायलहरूले आधुनिक सजावटका बदलिँदो रुचिलाई ध्यानमा राखेर ४,००० भन्दा बढी विशेष डिजाइन विकल्प उपलब्ध गराउँछन्।
नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूम र १०० भन्दा बढी भरपर्दो डिलर नेटवर्कमार्फत कजारिया प्रिमियम टायल्सको क्षेत्रमा परिचित नाम बनेको छ।
भदौ १७, २०८२ मंगलबार १८:०९:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।