स्वास्थ्य अवस्था बिग्रिएपछि डा केसीले अनशन तोडे

स्वास्थ्य अवस्था बिग्रिएपछि डा केसीले अनशन तोडे

काठमाडौं : चिकित्सा शिक्षाबारे सरकारले गरेको निर्णयको विरोध अनशन सुरु गरेका डा. गोविन्द केसीले अनशन तोडेका छन्। अनशन सुरु गरेको तेस्रो दिनमै उनको स्वास्थ्य बिग्रिएपछि उनले मंगलबार गेटा मेडिकल कलेजमा उपचाररत बिरामी पृतम चौधरीको हातबाट जुस खाएर अनशन तोडे।

उनले आइतबारदेखि अनशन सुरु गरेका थिए। मंगलबार बिहान केसीको मुटुको चालमा गडबडी देखिएपछि उनका सहयोगीले अनशन तोड्न आग्रह गरेपछि उनले मानेका थिए। उनले निजी मेडिकल कलेजको सिट वृद्धि लगायत सरकारले हालै गरेको निर्णयको विरोधमा अनशन सुरु गरेका थिए।

डा केसीले निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्नुपर्ने, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्नुपर्ने, कैलालीको गेटामा निर्माण सम्पन्न भइसकेको शिक्षण अस्पताल र शैक्षिक कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने लगायत माग राखेका थिए।

भदौ १७, २०८२ मंगलबार १७:२८:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।