गोगंबुको शङ्कास्पद घरमा फेला पर्‍यो चार करोड नगद र सुन

गोगंबुको शङ्कास्पद घरमा फेला पर्‍यो चार करोड नगद र सुन

काठमाडौं : ठुलो परिणाममा पैसा लुकाएको सूचनाको आधारमा प्रहरीले काठमाडौंको गोंगबुस्थित एक घरमा छापा मार्दा चार करोड नगद र सुनसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय काठमाडौँको टोलीले मंगलबार दिउस छापा मारेको थियो।

प्रहरीले विनोद श्रेष्ठको घरबाट चार करोड नगद र केही सुन फेला पारेको हो। प्रहरीले श्रेष्ठलाई समेत पक्राउ गरेको छ। अवैध रकम लुकाएर राखेको सूचनाको आधारमा घरमा छापा मारेको प्रहरीको दाबी छ। रकमको स्रोतबारे एकिन नभइसकेको र सो तस्करीको सुनको हुनसक्ने प्रहरीको दाबी छ।

भदौ १७, २०८२ मंगलबार १७:०७:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।