धुलिखेल नगरपालिका 'टिङ टिङ' मार्फत एआइमा जोडियो, स्थानीयले मोबाइलमा सिधै सन्देश पाउने

काभ्रे : धुलिखेल नगरपालिका आफ्ना ३८ हजार स्थानीयसँग नेपाली भाषामा सिधा सम्पर्क गर्न एआई टेलिफोनी प्रणाली सुरु गरेको छ।कर तिर्ने म्याद, जन्म दर्ता सङ्कलन, वा स्वास्थ्य शिविरको जानकारी लगायतका स्थानीय सरकारले उपलब्ध गराउने सेवाबारे समयमै सूचना नागरिकसम्म पुर्याउन नगरपालिकाले टिङ टिङ नामको एआई प्रविधि सुरु गरेको हो।
यो प्रविधिको प्रयोगपछि अब धुलिखेल नगरपालिकाका स्थानीयले आफ्नो मोबाइलमा नगरपालिकाको सूचना सिधै पुग्नेछ। धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्यन्जुले स्थानीय सरकारले नागरिकहरूलाई दिने सेवामा संविधानले प्रदान गरेको अधिकार क्षेत्रभित्र २२ वटा अधिकारमा थुप्रै काम गर्नुपर्ने भन्दै यसलाई एआई प्रविधिले सहज बनाउने बताए।
भदौ १७, २०८२ मंगलबार १५:३४:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।