एमाले नेता ऐन महरविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता

काठमाडौं : एमाले नेता ऐन महरविरुद्ध साइबर अपराधसम्बन्धी मुद्दा दर्ता भएको छ। सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
अब अदालतमा महर उपस्थित भएपछि थुनछेक बहसमार्फत उनलाई थुनामा पठाउने, धरौटीमा छाड्ने वा हाजिर जमानीमा राख्नेबारे निर्णय हुनेछ।
महरमाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत कसुर गरेको आरोप छ। एक महिलाले महरले सामाजिक सञ्जालमा लाइभ आएर चरित्रहत्या गर्ने वक्तव्य दिएको, साथै मेसेज र स्टाटसमार्फत गालीगलौज गरेको आरोप लगाएकी छन्।
भदौ ११ गते महर प्रहरी समक्ष हाजिर भएका थिए। त्यही दिन सरकारी वकिलको कार्यालयमा बयान दिएपछि उनी हाजिर जमानीमा छुटेका थिए।
भदौ १७, २०८२ मंगलबार १४:४९:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।