सुडानको पश्चिमी क्षेत्रमा भीषण पहिरो, कम्तीमा एक हजार जनाको मृत्यु

सुडानको पश्चिमी क्षेत्रमा भीषण पहिरो, कम्तीमा एक हजार जनाको मृत्यु

एजेन्सी : सुडानको एक विद्रोही संगठनले देशको पश्चिमी क्षेत्रमा गएको भीषण पहिरोमा परी कम्तीमा एक हजार जनाको मृत्यु भएको जनाएको छ।

यो विनाशकारी घटना पश्चिमी सुडानको मर्रा पर्वतमा अवस्थित एक दुर्गम गाउँमा भएको हो।

विद्रोही संगठन ‘सुडान लिबरेसन मुभमेन्ट/आर्मी’का अनुसार, केही दिनसम्मको लगातार भारी वर्षाका कारण अगस्ट ३१ मा यो पहिरो गएको हो।

पहिरोले तारासिन गाउँको ठूलो हिस्सा ध्वस्त बनाएको छ, जहाँ एकजना व्यक्ति मात्र जीवित बच्न सफल भएका छन्।

संगठनले संयुक्त राष्ट्रसंघ र अन्य क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संगठनहरूसँग तत्काल मानवीय सहायताको लागि अपील गरेको छ।

पहिरो गएको क्षेत्र सुडान लिबरेसन मुभमेन्ट/आर्मीको नियन्त्रणमा छ। यो संगठन सुडानी सेनासँग मिलेर अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेस विरुद्ध लडिरहेको छ।

जारी गृहयुद्धका कारण उत्तरी डार्फर राज्यका धेरै बासिन्दाहरूले सुरक्षाका लागि मर्रा पर्वत क्षेत्रमा शरण लिएका थिए।

भदौ १७, २०८२ मंगलबार १३:२७:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।