सुनको भाउ फेरि बढ्यो, प्रतितोला २ लाख ६ हजार नजिक
काठमाडौं : नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम मंगलबार पनि जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढेको छ।
यो वृद्धिसँगै छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ९०० रुपैयाँ पुगेको छ।
यसअघि सोमबार सुन प्रतितोला २ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। महासंघले आजका लागि १० ग्राम छापावाल सुनको मूल्य १ लाख ७६ हजार ५२५ रुपैयाँ तोकेको छ।
यसैगरी, आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ।
महासंघका अनुसार चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले बढेर २ हजार ४८५ रुपैयाँ कायम भएको छ। यसअघि सोमबार चाँदी प्रतितोला २ हजार ४७० रुपैयाँमा कारोबार भएको थियो।
भदौ १७, २०८२ मंगलबार १०:५८:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।