सिद्धार्थ बैंकका ग्राहकलाई हिमालयन फ्रन्ट होटलमा २० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकलाई हिमालयन फ्रन्ट होटलमा २० प्रतिशतसम्म छुट

काठमाडौं : सिद्धार्थ बैंक लिमिटेड र पोखरामा अवस्थित हिमालयन फ्रन्ट होटल प्रालिबीच बैंकका ग्राहकहरूलाई होटलका विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

उक्त सम्झौताअनुसार, सिद्धार्थ बैंकका ग्राहकहरूले हिमालयन फ्रन्ट होटलमा बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा प्रदान गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ प्रोत्साहित गर्ने विश्वास बैंकले लिएको छ।

बैंकले आफ्ना सेवाहरूबारे थप जानकारीका लागि २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ।

भदौ १७, २०८२ मंगलबार ०८:३३:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।