बेइजिङ जाँदै ओली, चिनियाँ उपराष्ट्रपतिसँग भेटवार्ता गर्ने

बेइजिङ जाँदै ओली, चिनियाँ उपराष्ट्रपतिसँग भेटवार्ता गर्ने

बेइजिङ : चीनको थियानजिनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलनमा सहभागी भई प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको राजधानी बेइजिङ जाँदैछन्।

बेइजिङमा उनले चिनियाँ उपराष्ट्रपति हान चङ्सँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, भेटवार्तापछि उपराष्ट्रपति चङ्द्वारा आयोजना हुने रात्रिभोजमा प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुने कार्यक्रम छ।

यसअघि प्रधानमन्त्री ओलीले थियानजिनमा चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गरिसकेका छन्।

चीन भ्रमणको अन्तिम कार्यक्रमअन्तर्गत प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डल भोलि बेइजिङमा आयोजना हुने ‘दोस्रो विश्वयुद्धमा फासीवादविरुद्धको विजयको ८०औं वार्षिकोत्सव’ समारोहमा सहभागी हुनेछ।

उक्त समारोहमा सहभागिता पश्चात् प्रतिनिधिमण्डल सोही दिन स्वदेश फर्कने कार्यक्रम रहेको छ।

भदौ १७, २०८२ मंगलबार ०७:४८:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।