ट्रिप टर्बोले सुरु गर्‍यो ‘ट्राभल मेला २०२५’, बैंकक फ्लाइटदेखि हवाई बलुन राइडसम्मका उपहार

ट्रिप टर्बोले सुरु गर्‍यो ‘ट्राभल मेला २०२५’, बैंकक फ्लाइटदेखि हवाई बलुन राइडसम्मका उपहार

ललितपुर : अनलाइन ट्राभल मार्केटप्लेस ट्रिप टर्बोले देशकै सबैभन्दा ठूलो अनलाइन ट्राभल महोत्सवको दोस्रो संस्करण, ट्राभल मेला २०२५ सुरु गरेको छ।

सेप्टेम्बरदेखि अक्टोबरसम्म सञ्चालन हुने यो डिजिटल फेस्टिभलमा विशेष छुट, साप्ताहिक फ्ल्यास सेल र आकर्षक गिफ्टहरू राखिएका छन्।

यस महोत्सवमा सहभागीले बैंककको राउन्डट्रिप फ्लाइटदेखि हवाई बलुन राइड, बञ्जी, स्काइ स्क्रिमर, एटीभी राइड र जिपलाइन जस्ता रोमाञ्चक अनुभवसम्म जित्ने अवसर पाउनेछन्।

यसका साथै बुद्ध एयर माउण्टेन फ्लाईट, पोखरा फ्लाईट, त्रिशूली भिल्लामा लक्जरी बसाइ, स्काइवाक, प्याडल नेपालको SUP र फनल्याण्ड आइस स्केटिङ पासलगायतका पुरस्कारहरू पनि विजेताले हात पार्न सक्नेछन्।

यात्रुहरूले महोत्सव अवधिभर आकर्षक अफरहरूको लाभ लिन सक्नेछन्। विभिन्न रोमाञ्चक गतिविधिहरूमा ५० प्रतिशतसम्म छुट प्रदान गरिएको छ भने अल्ट्रालाइट, प्याराग्लाइडिङ, बञ्जी, राफ्टिङ र एटीभी राइडमा समेत ठूलो छुट उपलब्ध हुनेछ। बस तथा उडानमा विशेष फायर सेल अवधिमा यात्रा गर्ने यात्रुले समेत सस्तो दरको सुविधा पाउनेछन्।

यसैगरी, ट्रिप टर्बो प्रयोगकर्ताहरूले आफ्ना लयल्टी पोइन्ट्स अर्थात् TT Coins प्रयोग गरेर थप छुट र निःशुल्क सुविधा पाउने व्यवस्था गरिएको छ। प्रयोगकर्ताले उडान र बस टिकटमा छुट पाउनुका साथै नि:शुल्क चलचित्र टिकट, खाद्य अर्डरमा छुट, सुपरमार्केट खरिदमा छुट र विभिन्न उत्पादनमा लाभ पाउनेछन्। हवाई बलुन राइड, प्याराग्लाइडिङ, एटीभी राइड र त्रिशूली भिल्ला बसाइमा समेत छुट सुविधा उपलब्ध हुनेछ।

संस्थापक शिखर प्रसाईले ट्राभल मेलाको मुख्य उद्देश्य यात्रालाई अझ सजिलो, रोमाञ्चक र फाइदाजनक बनाउनु भएको बताउनुभयो। उहाँका अनुसार, विशेष छुटदेखि बैंकक गेटअवेसम्म, यो मेलाले नेपालभरका यात्रुहरूलाई अझ बढी अन्वेषण गर्न, बचत गर्न र यात्राको आनन्द लिन थप कारण दिनेछ।

महोत्सव अवधिभर ट्रिप टर्बो प्लेटफर्ममार्फत कुनै पनि उडान, बस वा गतिविधि बुक गर्ने सबै ग्राहकहरू स्वचालित रूपमा गिभअवेमा सहभागी हुनेछन्।

भदौ १६, २०८२ सोमबार २०:४७:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।