हुन्डाई क्रेटाले नेपालमा १० औँ वार्षिकोत्सव मनाउने

काठमाडौं : नेपालमा हुन्डाई गाडीहरूको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले सेप्टेम्बर २०२५ मा हुन्डाई क्रेटाको १०औँ वार्षिकोत्सव मनाउने भएको छ।
आधुनिक डिजाइन, उच्च स्तरको आराम, सुरक्षा र विश्वसनीयताका कारण क्रेटाले छोटो समयमै नेपाली परिवारहरूको पहिलो रोजाइ बन्न सफल भएको कम्पनीको दाबी छ।
विगत दशकमा विभिन्न मोडल र अपग्रेडसहित प्रस्तुत हुँदै आएको क्रेटाले हरेक पटक नयाँ मापदण्ड स्थापित गरेको छ। विशेषगरी क्रेटा आईभी को आगमनसँगै यसले दिगो र वातावरणमैत्री यात्रातर्फ महत्त्वपूर्ण योगदान पुर्याएको छ।
हालसम्म हजारौँ नेपाली परिवारको भरपर्दो साथ बन्न सफल क्रेटाले नेपालका सडकमा आफ्नो बलियो उपस्थिति कायम राखेको छ।
यस अवसरमा हुन्डाई नेपालले सबै ग्राहक, डिलर तथा साझेदारप्रति आभार प्रकट गर्दै आगामी दिनहरूमा पनि नवीन प्रविधि, सुरक्षित यात्रा र दिगो भविष्य निर्माणमा आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
भदौ १६, २०८२ सोमबार २०:३४:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।