कजारियाको नयाँ शोरूम जोरपाटीमा

काठमाडौं : भारतको अग्रणी टाइल ब्रान्ड कजारियाले काठमाडौंको जोरपाटीमा नयाँ अत्याधुनिक शोरूम सञ्चालनमा ल्याएको छ। जिएनएस ट्रेडर्समार्फत सञ्चालित यो शोरूमले ग्राहकलाई उच्च गुणस्तरका टाइल र आधुनिक डिजाइन अनुभव उपलब्ध गराउने लक्ष्य राखेको छ।
उद्घाटन समारोहमा संघीय सांसद सन्तोष चालिसे प्रमुख अतिथि र कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल विशेष अतिथि थिए। सांसद चालिसेले रिबन काटी शोरूमको औपचारिक उद्घाटन गर्दै भने, “यो केवल व्यवसायिक सुरुवात मात्र होइन, काठमाडौंलाई आधुनिक र सुसज्जित शहर बनाउने दिशामा ठूलो कदम हो।”
त्यसैगरी, निर्देशक अग्रवालले कजारियाले नवप्रवर्तन र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्ने उल्लेख गर्दै भने, “नयाँ शोरूममार्फत उत्कृष्ट डिजाइन र टिकाउपन बोकेका टाइललाई नेपाली ग्राहकसम्म पु¥याउने हाम्रो उद्देश्य हो। नेपालमा लामो समयको सम्बन्ध कायम गर्ने अपेक्षा राखेका छौं।”
जोरपाटीस्थित शोरूममा ४,००० भन्दा बढी विशेष डिजाइनका प्रिमियम टाइल प्रदर्शन गरिएको छ। कजारियाले नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूम र १०० भन्दा बढी डिलरमार्फत आफ्नो सेवा विस्तार गरिरहेको छ।
ग्लेज्ड भिट्रीफाइड, हेभी ड्युटी टाइलदेखि सिरामिक वाल टाइलसम्मका विकल्प उपलब्ध गराउँदै कजारियाले नेपालमा लक्जरी जीवनशैली र आधुनिक सजावटको नयाँ स्तर स्थापित गर्ने दाबी गरेको छ।
भदौ १६, २०८२ सोमबार २०:२०:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।