आसामविरुद्धको टी-२० सिरिज नेपाल ‘ए’ ले जित्यो

काठमाडौं : आसाम प्रदेश क्रिकेट सङ्घ विरुद्धको टी-२० अभ्यास सिरिज नेपालले जितेको छ।
भारतको गुवाहटीमा सोमबार भएको सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपालले आसामलाई ४४ रनले हराउँदै सिरिज ३-२ ले जितेको हो।
जितका लागि नेपालले दिएको दुई सय नौ रनको लक्ष्य पछ्याएको घरेलु टोली आसाम निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६४ रनमा समेटिएको थियो।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा दुई सय आठ रन बनाएको थियो। नेपालका लागि सन्दीप जोराले सर्वाधिक ६४ रन बनाए। यस्तै शुभ कंसाकारले ४१ र इशान पाण्डेले ३२ रन जोड्यो। बलिङमा आसामका आयुष्मान मलाकार र अभिनव चौधरीले दुई/दुई विकेट लिए।
यसअघि सिरिजको पहिलो खेलमा नेपाल १५ रन र दोस्रो खेलमा ९६ रनले विजयी भएको थियो। यस्तै तेस्रो खेलमा नेपाल नौ रन र चौथो खेलमा १८ रनले पराजित भएको थियो।
भदौ १६, २०८२ सोमबार २०:०३:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।