‘राजधानीमा ‘हर्क साम्पाङ जिन्दावाद’को नारा घन्किन्छ भन्ने सोचेको थिएन’

‘राजधानीमा ‘हर्क साम्पाङ जिन्दावाद’को नारा घन्किन्छ भन्ने सोचेको थिएन’

काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं आएका छन्। सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आए।

साम्पाङलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै समर्थकहरूको भीड थियो। उनलाई समर्थकहरूले विमानस्थल गेटबाटै र्यालीसहित स्वागत गरे।

विमानस्थलमा समर्थकहरूले गरेको स्वागतलाई लक्षित गर्दै साम्पाङले सामाजिक संजालमा लेखेका छन्,‘कुनै दिन राजधानीमा ‘हर्क साम्पाङ जिन्दावाद’को नारा घन्किनेछ भनी मैले सोचेको थिइनँ! सायद यो मेरो देशभक्ति र निष्ठाको फल हुन सक्छ ! सबैलाई धन्यवाद !’

भदौ १६, २०८२ सोमबार १६:५०:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।