महालक्ष्मी विकास बैंकलाई इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्ड

महालक्ष्मी विकास बैंकलाई इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्ड

काठमाडौं : महालक्ष्मी विकास बैंक लिमिटेड इन्डियन चेम्बर अफ कमर्स, कोलकाताको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ।

अगस्ट २९ मा नयाँदिल्लीमा सम्पन्न “तेस्रो इमर्जिङ एशिया बैंकिङ कन्क्लेभ एण्ड अवार्ड्स” कार्यक्रममा बैंकले “सम्पत्ति गुणस्तर” श्रेणीअन्तर्गत अवार्ड हात पारेको हो।

बिमस्टेक क्षेत्रकै प्रतिष्ठित मानिने उक्त कार्यक्रम भारत, श्रीलंका, नेपाल, म्यानमार र बंगलादेशका बैंकहरूको सहभागितामा सम्पन्न भएको थियो। सम्पत्तिको संरचना, प्रभावकारी परिचालन तथा गुणस्तर सुधारमा महालक्ष्मी विकास बैंकले पुर्याएको उल्लेखनीय योगदानका आधारमा यो सम्मान प्राप्त भएको आयोजकहरूले जनाएका छन्।

बैंकले अवार्ड प्राप्तिसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो पहिचान अझ मजबुत हुने विश्वास व्यक्त गरेको छ। हालै मात्र महालक्ष्मी विकास बैंकले भारतको अग्रणी वित्तीय संस्था एचडीएफसी बैंकसँग सीमा-पार वित्तीय सेवा प्रवर्द्धन तथा भारत-नेपाल भुक्तानी प्रणाली सञ्चालनका लागि समझदारी गरेको छ। यस अन्तर्गत भारतबाट नेपालमा सहज भुक्तानी गर्न सक्ने प्रणाली सुरु गरिएको छ।

भदौ १६, २०८२ सोमबार १५:५६:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।