आफ्नै वडा जिताउन नसक्नेले ठूला कुरा गर्छन् : प्रदीप ज्ञवाली

आफ्नै वडा जिताउन नसक्नेले ठूला कुरा गर्छन् : प्रदीप ज्ञवाली
फाइल तस्बिर

काठमाडौं : एमाले उप-महासचिव प्रदीप ज्ञवालीले पार्टीका धेरै नेताहरू जनतासँगको सम्बन्धबाट टाढिएर ‘धागो चुँडिएको चङ्गाजस्तै’ भएको भन्दै टिप्पणी गरेका छन्।

‘कम्युनिस्ट पार्टी निर्माणका आधार’ पुस्तक विमोचनमा बोल्दै उनले कतिपय पदाधिकारी र केन्द्रीय सदस्यले ठूला कुरा गरे पनि आफ्नो वडामा समेत चुनाव जिताउन नसक्ने यथार्थ औंल्याए।

‘हामीले चुनावमा मै जिताउँछु मेरो वडा भन्ने नारा दियौँ। तर कतिपय पदाधिकारी र केन्द्रीय सदस्यले आफ्नो वडासम्म पनि जिताउन सक्दैनन्। कुरा चाहिँ ठूल्ठूला गर्छौँ,’ ज्ञवालीले भने, ‘​​​​​​यसले देखाउँछ कि जनतासँग जोडिनु महत्त्वपूर्ण छ।’

उनले पार्टीमा वैचारिक र साङ्गठनिक अन्योल बढेको भन्दै त्यसलाई चिरेर भुइँ तहका जनतासँगको सम्बन्ध पुनः स्थापित गर्नुपर्नेमा जोड दिए।

भदौ १६, २०८२ सोमबार १३:२०:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।