गोरखामा यामाहाको नयाँ शोरुम सञ्चालन, एफजेड र एमटीका नयाँ भेरियन्ट सार्वजनिक

गोरखामा यामाहाको नयाँ शोरुम सञ्चालन, एफजेड र एमटीका नयाँ भेरियन्ट सार्वजनिक

काठमाडौं : यामाहा नेपालले गोरखामा आफ्नो नयाँ ‘थ्री-एस’ (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) सुविधासहितको शोरुम सञ्चालनमा ल्याएको छ।

गोरखा-६ मा ‘चन्दा सप्लायर्स’ नामक आधिकारिक शोरुमको उद्घाटनसँगै कम्पनीले एफजेड र एमटी सिरिजका नयाँ भेरियन्टसमेत सार्वजनिक गरेको छ।

शोरुमको उद्घाटन गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगर, उप-प्रमुख मसलीमाया थोकर र प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले संयुक्त रूपमा गरे।

कार्यक्रममा एमएडब्ल्यू राइड्सका प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालको पनि उपस्थिति थियो।

एमएडब्ल्यू राइड्सका सीईओ अग्रवालले गोरखामा नयाँ शोरुम सञ्चालनमा ल्याउँदा उत्साहित भएको बताउँदै यसले ग्राहकलाई उच्चस्तरीय उत्पादन र सेवा प्रदान गर्न सहज हुने विश्वास व्यक्त गरे।

उनले नयाँ एफजेड र एमटी भेरियन्टले राइडरहरूलाई स्टाइल र प्रदर्शनमा थप विकल्प दिने बताए।

त्यसैगरी, चन्दा सप्लायर्सका कार्यकारी निर्देशक चन्दन बाबु खत्रीले बिक्रीका साथै बिक्रीपछिको उत्कृष्ट सेवामार्फत ग्राहकको विश्वास जित्ने प्रतिबद्धता जनाए।

यो नयाँ शोरुमले गोरखा र आसपासका ग्राहकलाई यामाहाका मोटरसाइकल, स्कुटर, सर्भिसिङ र जेन्युइन स्पेयर पार्ट्स सहजै उपलब्ध गराउने कम्पनीले जनाएको छ।

भदौ १६, २०८२ सोमबार १३:१०:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।