सुनको मूल्यमा ऐतिहासिक कीर्तिमान, चाँदीले पनि तोड्यो रेकर्ड

काठमाडौं : नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यले नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला १,७०० रुपैयाँले बढेको छ।
आइतबार मात्रै प्रतितोला दुई लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भई कीर्तिमान बनाएको छापावाल सुनको मूल्य आज उक्त रेकर्ड तोड्दै दुई लाख पाँच हजार ३०० रुपैयाँ पुगेको हो।
यो नेपाली बजारमा सुनको अहिलेसम्मकै उच्च मूल्य हो।
त्यसैगरी, चाँदीको मूल्यले पनि आज नयाँ रेकर्ड बनाएको छ।
आइतबार प्रतितोला दुई हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ४५ रुपैयाँले बढेर दुई हजार ४७० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
भदौ १६, २०८२ सोमबार १०:५९:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।