परीक्षा दिन अल्छी लागेपछि सेन्टरमा बम रहेको हल्ला गर्दा पक्राउ परे झा

परीक्षा दिन अल्छी लागेपछि सेन्टरमा बम रहेको हल्ला गर्दा पक्राउ परे झा

काठमाडौं : स्नातकोत्तर तहको परीक्षा दिन अल्छी लागेपछि परीक्षा नै सार्न बमको हल्ला फैलाउँदा जयरुद्र झा पक्राउ परेका छन्।शुक्रवार उनले प्रहरीको सयमा फोन गरेर विभिन्न कलेजमा बम रहेको सूचना दिएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई आइतबार पक्राउ गर्यो।उनले शुक्रवार प्रहरीको हटलाइन १०० मा फोन गरेर कुलेश्वर मावि लगायत ठाउँमा बम राखिएको र ४ बजे विस्फोट हुने सूचना टिपाएका थिए।

सूचना अनुसार प्रहरी ती कलेजमा गएर चेकजाँच गर्दा केही भेटिएन। शुक्रवार ती कलेजमा परीक्षाको सेन्टर थियो। झा आफैँ पनि स्नातकोत्तर तहको परीक्षार्थी थिए।

परीक्षा दिन अल्छी लागेपछि उनले आतङ्क मच्चाई परीक्षा सार्ने प्रयास गरेको देखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए।

भदौ १६, २०८२ सोमबार ०५:३६:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।