
सिन्धुपाल्चोककी गंगाले जितिन् नेपाल आइडल सिजन-६ को टाइटल

काठमाडौं : सिन्धुपाल्चोककी गंगा सोनाम नेपाल आइडल सिजन-६ को विजेता भइन्।
आइतबार भएको ग्रान्ड फिनालेमा पाँच प्रतिस्पर्धीमाझ गंगा विजेता बनिन्।
नेपाल आइडलमा आउनु अगाडि नै गंगाले केही गीत रेकर्ड गरेकी थिइन्। तर सार्वजनिक पहिचान भने आइडलबाट बन्यो।
लोकगीतमा विशेष पकड भएकी उनले आधुनिक गीत गाउने प्रयास गर्दा शब्द नै बिर्सिए पनि विजेता बन्न तगारो बनेन।
विजेता गंगालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले ट्रफी प्रदान गरेका थिए।
प्रतियोगिताको फस्ट रनरअप बबिता थापा मगर र सेकेन्ड रनरअप दर्शना गन्धारी भइन्।
भदौ १६, २०८२ सोमबार ०५:०४:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।