सेयर बजारमा उतारचढाव जारी, आइतबार नेप्सेसँगै कारोबार रकम पनि घट्यो

सेयर बजारमा उतारचढाव जारी, आइतबार नेप्सेसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारका सबै सूचक घट्दा नेप्से परिसूचक ३१.१७ अंक (१.१२ प्रतिशत) ले घट्यो। आइतबार दिनभरको कारोबारमा सेन्सेटिभ तथा फ्लोट सूचक समेत घटेको छ। आइतबारको कारोबारमा नेप्से प्रारम्भदेखि नै रातो नै रह्यो। बजार उकालिनै सकेन।

आइतबार २१ कम्पनीको मूल्य बढ्दा २ सय २८ को घट्यो। एउटाको स्थिर रह्यो। बिहीबार ८ अर्ब ९ करोडको कारोबार भएर बजार बन्द भएको थियो। आइतबार २ अर्ब कारोबार रकम घटेर जम्मा ६ अर्ब ६ करोडको कारोबार भयो ।

आइतबार उन्नति सहकार्य लघुवित्तको मूल्य सबैभन्दा धेरै ६.७७ प्रतिशत बढ्यो । आशा लघुवित्तको ४.१६, समता लघुवित्तको २.६४ तथा मिड सोलुको १.८७ प्रतिशत मूल्य बढ्यो। 

विकास बैंक समूह सबैभन्दा धेरै १.५९ प्रतिशत घट्यो। बैंकिङ ०.८८, फाइनान्स १.३०, होटेल तथा पर्यटन १.०७, हाइड्रोपावर १.४७, लगानी १.०४, जीवन बीमा १.००, उत्पादन तथा प्रशोधन १.०१, माइक्रोफाइनान्स १.३८, निर्जीवन बीमा १.१३, अन्य १.२४ तथा व्यापार ०.३८ प्रतिशत घटेर बजार बन्द भएको थियो।

भदौ १५, २०८२ आइतबार १६:१४:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।