प्रचण्डले सडक दुर्घटनामा मारिएका टंकमणीको सालिक अनावरण गरे

बुटवल : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहिद स्मृति प्रतिष्ठान रुपन्देहीका संस्थापक अध्यक्ष स्वर्गीय राम प्रसाद बन्जाडे टंकमणीको सालिक अनावरण गरेका छन्। आइतबार प्रतिष्ठानको बुटवलस्थित कार्यालय परिसरमा अर्ध कदको सालिक अनावरण गरेका हुन्। सो अवसरमा टङ्कमणि एक क्रान्तिबीज पुस्तकको विमोचन गरिएको छ ।
सो अवसरमा प्रचण्डले जनयुद्ध सफल बनाउन तत्कालीन सप्लाई विभागको भूमिका महत्त्वपूर्ण भूमिका रहेको बताए। टङ्कमणिले सप्लाई विभागमा रहेर दशबर्षे जनयुद्ध सफल बनाउनु भूमिका खेलेको उनले बताए।
उनले जनयुद्धको समयमा जोखिम युक्त जिम्मेवारी लिएर काम गर्ने गरेको टङ्कमणि साहसी योद्धा भएको बताए। टङ्कमणिको २०७८ मंसिर ८ गते सवारी दुर्घटनामा निधन भएको थियो ।
बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले टङ्कमणि माओवादीको मात्र नभई सिङ्गो समाजको नेता भएको बताए। उनले बुटवल उपमहानगर सबै पक्षलाई समेटेर अघि बढिरहेको बताए। बुटवल सबैको साझा भएको जिकिर गर्दै पाण्डेले परिवर्तनका लागि लडेका योद्धाहरूको सम्मानमा उपमहानगरले कदर गरेको दाबी गरे।
आफूहरू काँग्रेस माओवादी गठबन्धनबाट निर्वाचित भएकाले केन्द्रमा गठबन्धन भत्के पनि पालिकामा गठबन्धनको मर्म अनुसार काम गरेको जानकारी गराए।
भदौ १५, २०८२ आइतबार १४:३६:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।