आयरिश पबले रविन्द्र ढाँटलाई गर्यो सम्मान

काठमाडौं : लाजिम्पाटस्थित आयरिश पबले भारतीय म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा उपाधि जितेर इतिहास रचेका नेपाली एमएमए खेलाडी रविन्द्र ढाँटलाई शनिबार ‘च्याम्पियन्स नाइट’ मा सम्मान गरेको छ।
कार्यक्रममा ‘मिट एण्ड ग्रिट’ सहित सर्वसाधारणसँग खुसी मनाइएको थियो। खेलाडीको आगामी यात्रा सहज बनाउन आयरिश पबले सुरु गरेको कोष संकलन अभियानबाट ६ लाख २० हजार रुपैयाँ जुटेको छ। यसले स्थानीय खेल प्रतिभा विकासप्रति समुदायको प्रतिवद्धता प्रस्ट पारेको बताइएको छ।
उक्त अभियानमा विभिन्न संस्था र व्यवसायहरूले योगदान दिएका थिए। पबका प्रबन्ध साझेदार राईश भट्टले ढाँटको योगदानलाई विश्वस्तरमा पुर्याउने प्रयासको महत्त्व औंल्याए।
भदौ १५, २०८२ आइतबार ११:४१:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।