माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजना : ​​​​​​​आइपिपीको प्रभावकारी  कार्यान्वयनबारे अन्तरक्रिया

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजना : ​​​​​​​आइपिपीको प्रभावकारी  कार्यान्वयनबारे अन्तरक्रिया

रसुवा : माथिल्लो त्रिशूली-१ (२१६ मेगावाट) जलविद्युत् आयोजना प्रभावित क्षेत्रका आदिवासी जनजाति समुदायका लागि तयार गरिएको आदिवासी जनजाति योजना (आईपिपी) प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले हालै गठन भएको नयाँ गभर्निङ बोर्डले अन्तरक्रिया कार्यक्रम गरेको छ।

यसअघि गाउँगाउँमा आदिवासी जनजाति योजना सल्लाहकार परिषद् गठन भएसँगै आईपिपी गभर्निङ बोर्डको नयाँ कार्यसमिति चयन भएको हो। थाङ्कु गाउँका मानबहादुर तामाङ अध्यक्ष निर्वाचित भएका छन्।

आगामी २ वर्ष ६ महिनाका लागि गठित कार्यसमितिमा विजय तामाङ वरिष्ठ उपाध्यक्ष, मिङमार तामाङ उपाध्यक्ष, पासाङ मेन्दो तामाङ महासचिव, सुब्बा तामाङ सचिव र फुलीमाया तामाङ कोषाध्यक्ष बनेका छन् ।

नवगठित बोर्डले भदौ ११ गते आमाछोदिङमो-१ हाकुबेसीमा निर्देशिकाअनुसार कार्यप्रक्रिया अघि बढाउने विषयमा अन्तरक्रिया आयोजना गरेको थियो । 

बोर्ड अध्यक्ष मानबहादुर तामाङले आफ्नो कार्यकालमा पारदर्शिता, समुदायको हकहितको संरक्षण र प्रभावकारी योजना कार्यान्वयनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। साथै कम्पनीको निर्माण कार्यमा सहज वातावरण बनाउन पनि बोर्डको भूमिका रहने उनले बताए।

माथिल्लो त्रिशूली-१ आयोजनाले सन् २०१८ (वि.सं. २०७५ कात्तिक) मा त्रिपक्षीय सम्झौता गरेर प्रभावित तामाङ समुदायलाई भाषा, धर्म, संस्कृति, प्राकृतिक स्रोत संरक्षण र ग्रामीण विकासका लागि करिब १४ करोड रुपैयाँ दिने सहमति गरेको थियो । 

भदौ १४, २०८२ शनिबार २०:२१:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।