लुना लुँइटेल बनिन् ‘मिस नेपाल २०२५’

लुना लुँइटेल बनिन् ‘मिस नेपाल २०२५’

काठमाडौं : ‘मिस नेपाल २०२५’ को ताज लुना लुँइटेलले पहिरेकी छिन्।

आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा सम्पन्न फिनालेमा लुँइटेललाई यसवर्षको मिस नेपाल घोषित गरेको हो। उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन् ।

काठमाडौंसहित देशका विभिन्न सहरमा आयोजित अडिसनमार्फत छनोट भएका २६ जनामध्ये लुँइटेल विजेता बनेकी हुन् । प्रतियोगितामा सोनि घले थर्ड रनर अपसहित मिस नेपाल अर्थ घोषित भइन् भने उरुषा भण्डारी सेकेन्ड रनर अपसहित मिस इन्टरनेशनल बनेकी छन् ।

भदौ १४, २०८२ शनिबार २०:०५:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।