पोखरेलले पाए एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौं : प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली चीन भ्रमणमा प्रस्थान गरेसँगै पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई तोकिएको छ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अध्यक्ष ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणमा शाङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा सहभागी हुन आज बिहान तियान्जिन जानुअघि पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन।
गौतमका अनुसार एमाले विधान २०४९ (संशोधन २०७८) को धारा २१ को उपधारा (२) अनुसार अध्यक्ष अनुपस्थित हुँदा वरिष्ठ उपाध्यक्षले अध्यक्षको भूमिकामा रहेर काम गर्न पाउने व्यवस्था भएकाले सोही प्रावधानअनुसार जिम्मेवारी हस्तान्तरण गरिएको हो।
भदौ १४, २०८२ शनिबार १९:१७:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।