
शनिबार १४ भदौ, २०८२
साउथ अस्ट्रेलियाविरुद्ध रोहितको सतक

काठमाडौं : साउथ अस्ट्रेलियाविरुद्धको अभ्यास खेलमा नेपालका कप्तान रोहित कुमार पौडेलले सतक पूरा गरेका छन्।
उनले ९ चौकाको मद्दतमा १०२ बलमा १०१ रन बनाएका हुन्। साउथ अस्ट्रेलियाले अभ्यास खेलमा नेपाललाई २ सय ४३ रनको लक्ष्य दिएको थियो।
जारी खेलमा नेपालले साउथ अस्ट्रेलियाले दिएको लक्ष्य पछ्याइरहेको छ। पहिला ब्याटिङ थालेको साउथ अस्ट्रेलियाले २४२ रन बनाएको हो। खेल ४५ ओभरमा झारिएको छ।
भदौ १४, २०८२ शनिबार १४:०५:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।