मध्यरातमा रुखमा कार ठोक्किँदा डाक्टरको मृत्यु

चितवन : जिल्लामा कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक जना डाक्टरको मृत्यु भएको छ। मृत्यु हुनेमा कार चालक डा विप्लव भट्ट रहेका छन्।
राति साढे १ बजे भरतपुर महनानगरपालिका-१० रमाइलो चोकबाट विशालचोकतर्फ जाँदै गरेको बा१५च ४६९३ नम्बरको कार आफैँ अनियन्त्रित भई रुखमा ठोक्किएको प्रहरीले जनाएको छ।
प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार कार रुखमा ठोक्किँदा भरतपुर महानगरपालिका-२ बस्ने कार चालक भट्ट घाइते भएका थिए।
भट्टको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा आज बिहान मृत्यु भएको हो।
भदौ १४, २०८२ शनिबार ०९:०७:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।