अमेरिकी अदालतले भन्यो- ‘ट्रम्पले लगाएका अधिकांश ट्यारिफ गैरकानुनी’

अमेरिकी अदालतले भन्यो- ‘ट्रम्पले लगाएका अधिकांश ट्यारिफ गैरकानुनी’

एजेन्सी : अमेरिकाको एक पुनरावेदन अदालतले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएका अधिकांश ट्यारिफलाई गैरकानुनी ठहर गरेको छ।

अदालतको यो फैसलाले ट्रम्पको विदेश नीतिमाथि असर पार्न सक्ने कानुनी टकरावको स्थिति सिर्जना गरेको छ। अदालतको यस फैसलामाथि पूर्वराष्ट्रपति ट्रम्पले पनि प्रतिक्रिया दिएका छन्।

उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘सबै ट्यारिफहरू अझै पनि लागू छन्। आज एउटा अत्यन्त पक्षपाती पुनरावेदन अदालतले गलत तरिकाले हाम्रा ट्यारिफहरू हटाउनुपर्छ भनेको छ, तर उनीहरूलाई थाहा छ कि अन्ततः अमेरिकाले नै जित्नेछ।’

यो फैसलाले ट्रम्पको ‘पारस्परिक ट्यारिफ’ नीतिलाई असर गर्छ, जुन विश्वका अधिकांश देशहरूमाथि लगाइएको थियो। यसमा चीन, मेक्सिको र क्यानडामाथि लगाइएका ट्यारिफहरू पनि समावेश छन्।

७-४ को बहुमतले गरेको फैसलामा अमेरिकी फेडरल सर्किट पुनरावेदन अदालतले ट्रम्प सरकारको उक्त ट्यारिफ आपत्कालीन आर्थिक शक्तिसम्बन्धी कानुनअन्तर्गत लगाइएको भन्ने तर्कलाई खारेज गरिदिएको छ। अदालतले ट्रम्पको यो कदमलाई ‘कानुनविपरीत’ र ‘अमान्य’ भनेको छ।

यो फैसला तत्कालै भने लागू हुने छैन। सरकारलाई यस विषयमा सर्वोच्च अदालतमा सुनुवाइका लागि अपील गर्ने समय दिनका लागि फैसलालाई अक्टोबर १४ सम्मका लागि रोकिएको छ।

भदौ १४, २०८२ शनिबार ०८:०२:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।