आपराधिक उपद्रवमा कैद र जरिवानाको सजाय पाएकी आशिकाले फेसबुकमा लेखिन ‘सफाइ पाएँ’

आपराधिक उपद्रवमा कैद र जरिवानाको सजाय पाएकी आशिकाले फेसबुकमा लेखिन ‘सफाइ पाएँ’

काठमाडौं : भक्तपुर जिल्ला अदालतले दोषी ठहर गर्दै पाँच दिन कैद सजाय सुनाएकै दिन  आशिका तामाङले सामाजिक सञ्जालमा सफाइ पाएको भन्दै भ्रम फैलाएकी छिन्।

बिहीबार न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले आपराधिक उपद्रवमा उनीसँगै शरण तिरुवालाई पाँच/पाँच दिन कैद सजाय तोकेको छ। अदालतले दुवै जनालाई ५ सय रुपैयाँ जरिवाना, ८ हजार ३ सय रुपैयाँ क्षतिपूर्ति र पीडित राहत कोषमा जनही २ सय रुपैयाँ जम्मा गर्नु फैसला गरे पनि आशिकाले फेसबुकमा रहेको आफ्नो अकाउन्टमा भक्तपुर जिल्ला अदालतले सफाइ दिएको भन्दै भ्रम फैलाएकी छिन्।

सूर्यविनायक नगरपालिकाले साँगास्थित झोलुङ्गे पुलमा प्रवेश गर्नेहरूसँग २० रुपैयाँ कर सङ्कलन गरिरहेको बेलामा आशिका र तिरुवाले कर्मचारीहरूबाट रसिद खोसेर जलाएका थिए।

नगरपालिकाले आपराधिक उपद्रव कसुरमा प्रहरीमा जाहेरी दिएपछि प्रहरीले अनुसन्धान गरेर अदालतमा अभियोग पत्र दर्ता भएको थियो।

भदौ १२, २०८२ बिहीबार २१:५६:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।