अभिनेता हरिवंश फिल्म 'हरिबहादुरको जुत्ता' मा पटके अपराधीको चरित्रमा देखिए

अभिनेता हरिवंश फिल्म 'हरिबहादुरको जुत्ता' मा पटके अपराधीको चरित्रमा देखिए

काठमाडौं : चर्चित हास्य टेलिफिल्म हरिबहादुर र मदनबहादुरमा निभाएको पात्र र उनको शैलीका कारण लामै समय हरिवंश आचार्यको परिचय नै हरिबहादुर बन्यो। फटाहा चरित्र भए पनि उनी हरिवंशभन्दा हरिबहादुरको रूपमा परिचित भए। उनले यही चरित्रको नामबाट उपन्यास पनि लेखे 'हरिबहादुर।'

जुत्ता शब्द थपेर उनकै कथा, पटकथा अनि संवादमा बनेको फिल्म 'हरिबहादुरको जुत्ता फूलपातीमा प्रदर्शन गर्न प्रचारमा उत्रँदै निर्माण टिमले टिजर सार्वजनिक गरेको छ। टिजरमा बोल्ने शैली र लवाई पुरै उही टेलिसिरियलकै शैली पच्छ्याएका छन् पटक-पटक अपराधमा संलग्न भएर जेल परेपछि रिहा भएर सुध्रने प्रयास गर्दा पनि अपराधीको छविका कारण दुख पाउने पात्रको कथालाई रमाइलो पारामा प्रस्तुत गर्ने प्रयास भएको टिजरले संकेत गरेको छ।

दीपेन्द्र के. खनालको निर्देशनमा बनेको फिल्ममा हरिवंशसँगै स्वस्तिमा खड्का, प्रियङ्का कार्की, प्रकाश सपुत, दिव्य देव, हरिहर शर्मा, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतका कलाकार टिजरमा देखिएका छन्। एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मलाई सरोज ओली र हरिवंशका छोरा मोहितवंश आचार्यले निर्माण गरेका हुन्। 

भदौ १२, २०८२ बिहीबार २१:१५:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।