बीवाईडीको याङवाङ यु ९ ट्रयाक एडिसनद्वारा नयाँ ग्लोबल ईभी टप-स्पिड रेकर्ड कायम

बीवाईडीको याङवाङ यु ९ ट्रयाक एडिसनद्वारा नयाँ ग्लोबल ईभी टप-स्पिड रेकर्ड कायम

काठमाडौं : बीवाईडीको प्रिमियम सब–ब्रान्ड याङवाङ ले इलेक्ट्रिक कार क्षेत्रमै नयाँ इतिहास रचेको छ।

याङवाङको सुपरकार यु ९ ट्रयाक एडिसन ले जर्मनीको एटीपी अटोमोटिभ टेस्टिङ पापेनबर्ग ट्रयाक मा ४७२.४१ किलोमिटर प्रतिघण्टाको गति निकाल्दै विश्वकै सबैभन्दा तीव्र गतिमा दौडने ईभीको नयाँ ग्लोबल रेकर्ड कायम गरेको हो।

गत अगस्ट ८ मा गरिएको टेस्ट ड्राइभमा जर्मनीका व्यावसायिक ड्राइभर मार्क बासेङ ले यो रेकर्ड कायम गरेका हुन्। उनले यसअघि पनि ग्लोबल ईभी टप–स्पिड रेकर्ड बनाएका थिए। यसपटक उनले आफ्नै पुरानो रेकर्ड तोड्दै नयाँ प्रविधिको सहयोगमा अझ उच्च गतिको सफलता हात पारे।

याङवाङ यु ९ ट्रयाक एडिसन, अहिले चीनमा बिक्री भइरहेका यु९ को उन्नत संस्करण हो। यसमा प्रयोग भएको ई४ प्लेटफर्म र डिसस–एक्स कोर टेक्निकल आर्किटेक्चर नै यसको मुख्य आधार हो। यो विश्वकै पहिलो १२०० भोल्ट अल्ट्रा–हाई–भोल्टेज भेइकल प्लेटफर्म सहित आएको छ, जसलाई एक्स्ट्रिम कन्डिसनमा पनि टिकाउने गरी थर्मल म्यानेजमेन्ट सिस्टमसँग पेयर गरिएको छ।

यसमा जडान गरिएको विशेष मोटर सिस्टम ३०,००० आरपीएम सम्म पुग्न सक्छ। प्रतिमोटर ५५५ किलोवाट पिक पावर उत्पादन गर्ने यी मोटरहरूको संयुक्त क्षमताले ३,००० पीएस आउटपुट दिने कम्पनीको दाबी छ। यसले गाडीलाई प्रतिटन १,२१७ पीएस पावर–टु–वेट रेसियो प्रदान गर्छ।

त्यसैगरी, क्वाड–मोटर इन्डेपेन्डेन्ट टर्क–भेक्टरिङ सिस्टमले सडकको अवस्थालाई निरन्तर निगरानी गर्दै ट्रयाक्सन लस वा ह्विल स्लिप हुन दिँदैन। डिसस–एक्स इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टमले कर्नरिङ वा एक्सिलरेसनका बेला सस्पेन्सनलाई सन्तुलनमा राख्दै ड्राइभरलाई अझ सहज र आत्मविश्वासपूर्ण अनुभव दिलाउँछ।

डिजाइनतर्फ, यु९ मा प्रयोग भएको एरोडाइनामिक स्ट्रक्चर यस संस्करणमा पनि समावेश गरिएको छ। साथै, अप्सनल कार्बन–फाइबर फ्रन्ट स्प्लिटर र विशेष सेमी–स्लिक टायर को प्रयोगले यसलाई अल्ट्रा–हाई स्पिडमा समेत स्थिर र सुरक्षित बनाएको छ।

भदौ १२, २०८२ बिहीबार २१:०८:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।