भेरी नगरपालिकामा भवन निर्माणमा अनियमितता, आठ जना कर्मचारी र एक निर्माण कम्पनीविरुद्ध मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकामा वडा कार्यालय भवन निर्माण गर्दा अनियमितता गरेको आरोपमा आठ जना कर्मचारी र एक निर्माण कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आर्थिक वर्ष २०८०/८१ मा वडा नं. ६, ९ र १० को कार्यालय भवन निर्माण ठेक्का प्रक्रियामा सार्वजनिक खरिद ऐन उल्लङ्घन भएको ठहर गर्दै आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, इञ्जिनियर मोहन मल्ल, कानुन अधिकृत प्रकाशकुमार शाही, सामाजिक विकास अधिकृत अनिस साह, लेखापाल राजेन्द्रबहादुर कठायत र जिन्सी शाखा प्रमुख कृतिबहादुर थापालाई प्रतिवादी बनाएको हो।
आयोगले उनीहरूविरुद्ध करिब रु ३६ लाख २० हजार ५७८ बराबरको बिगो माग दाबी गरेको छ।
साथै, ठेक्का प्रक्रियामा संलग्न न्यू विके/नहकुली जेभी र कम्पनीका सञ्चालक गङ्गाकुमारी खड्का तथा चित्रबहादुर बोहोरालाई पनि समान बिगोमा मुद्दा चलाइएको आयोगले जनाएको छ।
भदौ १२, २०८२ बिहीबार २०:३३:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।