भारतले पानी छोड्ने चेतावनी दिएपछि पाकिस्तानका डेढ लाख मानिसले घर छाडे

भारतले पानी छोड्ने चेतावनी दिएपछि पाकिस्तानका डेढ लाख मानिसले घर छाडे

एजेन्सी : भारतले बाँधबाट अतिरिक्त पानी छोड्ने चेतावनी दिएपछि पाकिस्तानी अधिकारीहरूले पञ्जाब प्रान्तका तीन प्रमुख नदी क्षेत्रका १ लाख ५० हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण हुन निर्देशन दिएका छन्।

भारी वर्षा र बाढीका कारण नदीहरूको पानीको सतह खतराको सीमा पार गर्दा भारतीय पक्षबाट पानी छोड्दा पन्जाबको ठूलो भाग डुबानमा पर्न सक्ने अवस्था रहेको अधिकारीहरूले बताएका छन्।

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ताले भारतको चेतावनी अघि नै निकासी सुरु भइसकेको र अझै जारी रहेको जानकारी दिएका छन्। उनका अनुसार करिब ३५ हजार मानिस स्वेच्छाले सुरक्षित स्थलतर्फ गएका छन्।

अहिले पञ्जाब र कश्मीरमा पुनः भारी वर्षाको चेतावनी जारी गरिएको छ भने रावी, सतलज र चेनाब नदिहरू ठूलो बाढीको सामना गरिरहेका छन्।

भदौ १२, २०८२ बिहीबार १७:४०:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।